एनआरटीलाई हराउँदै लिगको १० औं स्थानमा उक्लियो फ्रेन्ड्स

काठमाडौं : न्युरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबसँग ३-१ गोलअन्तरले पराजित भएको छ।
आज दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सको जितमा कप्तान प्रकाश बुढाथोकीसँगै विदेशी खेलाडी एमिनु र हेब्रिनले एक एक गोल गरे।
एनआरटीका लागि सन्जिव विष्टले एक गोल फर्काएका थिए। खेलको पहिलो हाफमा २-१ को अग्रता बनाएको फ्रेन्ड्सले दोस्रो हाफमा थप एक गोल गरेको थियो।
यो जितसँगै १२ खेलबाट १४ अंक जोडेको फ्रेन्ड्स लिगको १० औं स्थानमा उक्लिएको छ। हारपछि एनआरटी भने १२ खेलबाट १३ अंकसहित ११ औं स्थानमा झरेको छ।
वैशाख १२, २०८० मंगलबार १९:५५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।