स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ बोकेर नेपाल आएका दुई जनालाई सशस्त्रले समात्यो

काठमाडौँ : चार लाख ३४ हजार नेपाली रुपैयाँ र ५९ हजार ६ सय भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले सुनसरी जिल्लाको कोसी गाउँपालिका ८ स्थित सीमा इलाकाबाट सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बलकोसीमा सुरक्षा गुल्म हरिपुरकाव टोलीले पक्राउ गरेको हो। नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए।
वैशाख १२, २०८० मंगलबार १९:२०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।