मञ्जु र दलबहादुरले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

मञ्जु र दलबहादुरले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

काठमाडौं : मञ्जु राउत र दलबहादुर कुँवरले जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन्।

मंगलबार सम्पन्न म्याराथनको पुरुष तर्फ दलबहादुर कुँवरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा निर्धारित दूरी तय गर्दै उपाधि जितेका हुन्।

४९ किलोमिटरको अल्ट्रा म्याराथन २३५० मिटर उचाइको जुम्ला खलंगा बजारबाट सुरु भएर २९८० मिटर उचाइको रारा ताल क्षेत्रमा पुगेर सकिएको थियो।

म्याराथनमा धीरबहादुर बुढा दोस्रो र शेरबहादुर बुढा तेस्रो भए।

त्यसैगरी महिलातर्फ​​​​​​​ ६ घण्टा ६ मिनेट २३ सेकेण्डमा दूरी पार गर्दै मञ्जुले उपाधि जितिन्। यस प्रतिस्पर्धामा गणना भण्डारी दोस्रो र अनिता बुढा तेस्रो भए।

अल्ट्रा म्याराथनमा पुरुष र महिला दुवै तर्फको उपाधि विजेताले १ लाख नगद पुरस्कार पाएका छन्।

वैशाख १२, २०८० मंगलबार १९:०५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।