विष्णु पौडेलको चुनाव खर्च साढे २२ लाख

विष्णु पौडेलको चुनाव खर्च साढे २२ लाख

काठमाडौं : गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नंं २ बाट निर्वाचित भएका विष्णु पौडेलले चुनावमा करिब साढे २२ लाख खर्च भएको विवरण बुझाएका छन्।

आयोगमा बुझाएको खर्च विवरण अनुसार एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले गरेको कुल निर्वाचन खर्च २२ लाख ४५ हजार ८७६ रुपैयाँ हो।

उक्त खर्च विवरणमा सबैभन्दा धेरै खर्च छापा एवं विद्युतीय माध्यममा भएको उनले देखाएका छन्।

९ लाख २० हजार ८ सय ७६ छापा एवं विद्युतीय माध्यममा र ३ लाख ३५ हजार सवारी साधन भाडामा खर्च भएको जनाइएको छ।

त्यसैगरी प्रचार सामग्रीमा २ लाख २५ हजार, ढुवानीमा ७१ हजार, गोष्ठी अन्तरक्रिया र कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविधमा १० हजार गरी कुल २२ लाख ४५ हजार ८७६ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाइएको छ।

त्यस्तै क्षेत्र नं. ५ बाट निर्वाचित एमालेका वासुदेव घिमिरेले कुल २७ लाख ८९ हजार ५ सय २० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। क्षेत्र नंं १ बाट निर्वाचित एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले भने १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ खर्च विवरण बुझाएका छन्।

वैशाख १२, २०८० मंगलबार १७:५५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।