अफवाह फैलाएको भन्दै फ्लाई दुबईका कन्ट्री र फ्लाइट म्यानेजरलाई विमानस्थलमा रोक

फ्लाई दुबईका कन्ट्री र फ्लाइट म्यानेजरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलमा प्रवेश रोक लगाएको छ।
सोमबार राति काठमाडौँको आकाशमा आफ्नो जहाजमा आगलागी भएको भन्दै नेपाली आकाश असुरक्षित रहेको फ्लाइ दुबईले अभिव्यक्ति दिएको थियो।
फ्लाइ दुबईले फ्लाइट नम्बर FDZ576 (B737) काठमाडौंबाट दुबई उडान गर्ने क्रममा चरा ठोक्किएको दाबी गरेको थियो।
फ्लाई दुबईले गलत सूचना प्रवाह गरेको भन्दै प्राधिकरणले फ्लाइ दुबईका कन्ट्री म्यानेजर र फ्लाइट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एअरपोर्ट पाससमेत निष्क्रिय गराइएको जनाएको छ।
विमानस्थल स्रोतअनुसार उक्त जहान उडेको एक मिनेटपछि नै पाइलटले बायाँ इन्जिनमा समस्या आएको जानकारी एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई गराएका थिए ।
जहाज गन्तव्यमै सकुशल रूपमा अवतरण भएको थियो।
वैशाख १२, २०८० मंगलबार १६:१५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।