संयुक्त राष्ट्र संघमा नेपालको प्रतिनिधि भएर गएका मन्त्री मोदी स्वदेश फिर्ता

संयुक्त राष्ट्र संघमा नेपालको प्रतिनिधि भएर गएका मन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौंः संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा नेपालको प्रतिनिधित्व गरेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् । 

मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल गएराति दोहा हुँदै स्वदेश फर्किएका हुन् ।

उक्त सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट महत्वपूर्ण सम्बोधन गरेका थिए । उनले नेपालको संविधानमा व्यवस्था भएको समावेशी समानुपातिकता, आदिवासी जनजाति, थारू समुदायको हक अधिकार सुनिश्चितताका सम्बन्धमा मन्तव्य राखेका थिए । 

मन्त्री मोदीले थारू समुदायमा भयावह रूप लिएको सिकलेस एनिमियाको विषयलाई प्राथमिकताका साथ सत्रमा उठाएका थिए ।

झण्डै डेढ साताको भ्रमणका क्रममा मन्त्री मोदीले संयुक्त राज्य अमेरिकास्थित विभिन्न क्षेत्रको अवलोकनसमेत गरेका थिए । 

सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तनलगायतका सम्बन्धमा छलफल भएको जनाएको छ । सत्र २८ अप्रिलसम्म जारी रहनेछ ।

वैशाख १२, २०८० मंगलबार १०:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।