दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएर इतिहास बनायो
एजेन्सी : इन्डियन प्रिमियर लीग २०२३ को ३४ औँ म्याचमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग जित्न आइपिएलको इतिहासमा आफ्नो सबैभन्दा कम स्कोर बचाएर इतिहास बनाएको छ। पहिलो ब्याटिङ गर्दै दिल्लीले १४४/९ को स्कोर बनाएको थियो। उसले हैदराबादलाई १३७/६ मै रोक्यो।
हैदराबादको राजीव गान्धी इन्टरनेशल म्याचमा खेलिएको खेलमा हैदराबादलाई सात रनले हराएर दिल्लीले आफ्नो दोस्रो जित निकाल्यो।
दिल्लीको लागि अक्षले चार ओभरमा २१ रन दिएर दुई विकेट लिएका थिए। कुलदीप यादवले पनि चार ओभरमै २२ रन दिएर एक विकेट लिएर हैदराबादको सङ्कट बढाएका थिए।
एनरिच नॉर्खियाले चार ओभरमा ३३ रन दिएर दुई अनि इशान्त शर्माले तीन ओभरमा १८ रन दिएर एक विकेट लिएका थिए। दिल्लीले पहिला ब्याटिङ गर्दै नो विकेटमा एक सय ४४ रन बनाएको थियो।
हैदराबादका लागि मयंक अग्रवालले ३९ बलमा सात चौकाको सहायतामा ४९ रन बनाए। अन्तिम ओभरमा हेनरिच क्लासेनले १९ बलमा ३१ र वासिङ्टन सुन्दरले १५ बलमा २४ रन बनाएका थिए। उनीहरूले जति मिहिनेत गरे पनि खेल आफ्नो पक्षमा भने आउन सकेन।
वैशाख १२, २०८० मंगलबार ०१:०४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।