बिसिसिआइले विराट कोहलीलाई २४ लाख जरिवाना गरायो

बिसिसिआइले विराट कोहलीलाई २४ लाख जरिवाना गरायो

एजेन्सी : रोयल च्यालेन्जर्स बैंगलोरका क्याप्टेन विराट कोहलीलाई बिसिसिआइले २४ लाख जरिवाना गरेको छ। यस अगाडिको खेलमा स्लो ओभर खेलेको भन्दै उनलाई जरिवाना भएको हो।

राजस्थान रोयल्ससँगको खेलमा बैंङलोरले स्लो ओभर खेलेको थियो। त्यही बापत बिसिसिआइले जरिवाना तोकेको हो। कोहलीसँगै टिमका अन्य सदस्यमाथि समेत जरिवाना भएको छ। बैंङलोरले सो म्याच सात रनले जितेको थियो।

कोहलीसँगै टिमको प्लेइङ इलेभेनमा रहेका खेलाडीहरूलाई ६ लाख वा खेल बापतको पारिश्रमिक २५ प्रतिशत कम हुनसक्छ।

वैशाख १२, २०८० मंगलबार ००:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।