फ्लाई दुबईको जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ लाग्यो- नागरिक उड्ययन मन्त्री

काठमाडौंको आकाशमा दुर्घटना हुन लागेको भनिएको फ्लाई दुबईको जहाज सुरक्षित रूपमा गन्तव्यतर्फत लागेको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले बताएका छन्।
मन्त्री किरातीले फेसबुकमा लेखेका छन् - फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा
सोमबार राति साढे ९ बजेतिर काठमाडौंको आकाशमै जहाजमा आगो लागेको थियो।
१६२ जना यात्रु बोकेको फ्लाई दुबईको जहाज काठमाडौंको त्रिभुवन विमानस्थलबाट दुवैका लागि उडेको थियो।
विमानमा आगो लागेको र धुवाँ निस्केको देखिएको र आकाशमै केहीबेर फन्को मारिरहेको थियो।
वैशाख ११, २०८० सोमबार २२:१२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।