उड्ने क्रममा फ्लाई दुबईको जहाजमा आगलागी, काठमाडौंको आकाशमै होल्ड

सोमबार रातको समयमा काठमाडौंको आकाशमा आगो लाग्दै जहाज उडेको छ। राति साढे ९ बजेतिर काठमाडौंको आकाशमा विस्फोटको आवाज सुनिएको थियो।
१६२ जना यात्रु बोकेको काठमाडौंको त्रिभुवन विमानस्थलबाट दुबइका लागि उडेको जहाजमा आगो लागेको थियो।
विमानमा आगो लागेको र धुवाँ निस्केको देखिएको ललितपुरका स्थानीयबासीहरूले उकेरासँग बताए।
अहिले उक्त जहाज काठमाडौंको धार्केको आकाशमा होल्ड गरिरहेको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ।
वैशाख ११, २०८० सोमबार २१:४५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।