आईपीएलः तालिकाको पुछारमा रहेका दिल्ली र हैदरावाद खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ३४ औं खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा खेल भइरहेको छ।
टस जितेर ब्याटिङ रोजेको दिल्लीले अहिले ब्याटिङ गरिरहेको छ। उसले ५ ओभर सकिँदा २ विकेट गुमाएको छ। कप्तान डेभिड वार्नर र सर्फराज क्रिजमा छन्।
३ बलको सामना गरेका फिल साल्ट शून्य रनमै आउट भए । उनलाई भुवनेश्वर कुमारले हेनरी क्लासेनको हाताबाट क्याच आउट गराए।
लगातार पाँच खेल हारेर यसअघि एउटामा मात्र जित निकालेको दिल्लीसँग मात्र २ अंक छ। ऊ तालिकाको पुछारमा छ। जम्मा २ खेलमा जित निकालेको हैदरावाद भने दिल्लीभन्दा एक स्थान माथि छ।
वैशाख ११, २०८० सोमबार २०:२२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।