स्वर्णिम वाग्ले फराकिलो मतान्तरले बढ्दै

स्वर्णिम वाग्ले फराकिलो मतान्तरले बढ्दै
फाइल तस्वीर

तनहुँमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ९ हजार ३ सय ३९ मतको अग्रता बनाएका छन्।

वाग्लेले २२ हजार २ सय ६० मत ल्याएर अग्रता बनाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ९ सय ११ मत ल्याएर पछ्याइरहेका छन्। 

सुरुवाती अवस्थाबाटै अग्रता बनाएका उनलाई भट्टराईले एक पटक पनि उछिन्न सकेका छैनन्। 

यहाँ ६३ हजार ७ सय ५७ मत खसेको थियो। 

वैशाख ११, २०८० सोमबार १९:१९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।