रवि लामिछानेलाई १८ सयभन्दा बढी मतको अग्रता, इच्छाकामनामा पनि उछिने

चितवन क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
गत मंसिरमा भएको निर्वाचनमा यस क्षेत्रको इच्छाकामना गाउँपालिकामा अन्य क्षेत्रभन्दा कम मत खसेको उनलाई यो पटक उल्लेख्य मत झरेको देखिएको छ।
यस क्षेत्रमा उनले सुरुवाती अवस्थाबाटै अग्रता बनाउन सफल भएका छन्।
क्षेत्र नम्बर २ को यस क्षेत्र खासगरी अन्यभन्दा विकट मानिन्छ। इच्छाकामनामा ७ वटा वडा छन् । जहाँबाट गएको मंसिरमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ६ भन्दा बढी मत ल्याएका थिए। यहाँबाट लामिछानेलाई करिब ३ हजार मत खसेको थियो।
तर यिनै ठाउँमा पनि लामिछानेले अग्रता बनाउन सकेका छन्।
हालसम्मको मतगणनाअनुसार लामिछानले ४ हजार ३ सय ५८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५ सय ४४ मत ल्याएका छन्। त्यस्तै सत्ता गठबन्धनका कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २ हजार २ सय ५ ल्याएका छन्।
लामिछानेको नागरिकता अवैध ठहरिएपछि यहाँ उपनिर्वाचन भएको हो।
वैशाख ११, २०८० सोमबार १९:०८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।