म नराम्रो काम गर्दिन र गर्न पनि दिन्न : प्रधानमन्त्री

म नराम्रो काम गर्दिन र गर्न पनि दिन्न : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पनि नराम्रो काम नगर्ने र अन्यलाई पनि  नराम्रो काम गर्न नदिने दाबी गरेका छन्।

नेपाल रिपब्लिक मिडियाको १५ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै
उनले यस पटक परिवर्तन गर्नको लागि सरकारमा आएको दाबी गरे।
उनले  मिडियासँग देशको राजनीतिक परिवर्तनसमेत जोडिएको बताए।

सरकार प्रेसलाई अकुशं लगाउने पक्षमा नभएको भन्दै उनले प्रेस स्वतन्त्रता हनन हुने गरी नीति नियम र कानुन नबाउने बताए।

विज्ञापनको क्षेत्रमा वितरणमा एकद्धार प्रणालीबाट जाने निर्णय गरेको बताउँदै यसले मिडियाको विकासको लागि सहयोग पुग्ने बताए।

सरकारले अर्थतन्त्रको सुधारको लागि काम गरेको र त्यसको असर बिस्तारै देखिन थालेको उनको दाबी छ।  

वैशाख ११, २०८० सोमबार १९:०५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।