उपेन्द्र यादवलाई २३५ मतको अग्रता, पछ्याउँदै शिवचन्द्र

उपेन्द्र यादवलाई २३५ मतको अग्रता, पछ्याउँदै शिवचन्द्र

बारा क्षेत्र नम्बर २ को मतपरिणाम जसपा अध्यक्ष उपेन्द्र यादवतर्फत ढल्किएको छ। 

यस निर्वाचन क्षेत्रअन्तर्गत करैयामाई गाउँपालिकाका १,२,३ र सुर्वण गाउँपालिकाका ७ र ८ को मत परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवलाई २ हजार ८६ मत खसेको छ।  

उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछ्याइरहेका छन्। उनले १ हजार ८ सय ५१ मत परेको छ। त्यस्तै यहाँ एमालेका पुरुषोत्तम पौडेलले ७ सय ३३ मत पाएका छन्। 

आइतबार भएको निर्वाचनमा यहाँका ५ वटा स्थानीय तहको ४४ वटा वडामा ६९ हजार १ सय ७ मत खसेको थियो।

वैशाख ११, २०८० सोमबार १८:४७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।