कांग्रेसका भट्टराईभन्दा स्वर्णिम वाग्ले ७ हजार ९ सय ५३ मतले अघि

कांग्रेसका भट्टराईभन्दा स्वर्णिम वाग्ले ७ हजार ९ सय ५३ मतले अघि
फाइल तस्वीर

तनहुँमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार ९ सय ५३ मतको अग्रता बनाएका छन्।

वाग्लेले १९ हजार ६ सय ५३ मत ल्याएर अग्रता बनाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले ११ हजार ६ सय ६९ मत ल्याएर पछ्याइरहेका छन्। 

सुरुवाती अवस्थाबाटै अग्रता बनाएका उनलाई भट्टराईले एक पटक पनि उछिन्न सकेका छैनन्। 

यस्तै यहाँ एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ। खनालले ७ हजार ९ सय ८४ मत मात्र पाएका छन्। 

 

वैशाख ११, २०८० सोमबार १८:३३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।