बारा २ मा शिवचन्द्र र उपेन्द्र अघिपछि

बारा २ मा शिवचन्द्र र उपेन्द्र अघिपछि

काठमाडौंः बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रारम्भिक मतगणनाको नतिजा निकै प्रतिस्पर्धात्मक देखिएको छ।

सत्ता गठबन्धनको सहयोगमा उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र यादवबीच कडा प्रतिस्पर्धा भइरहेको छ। 

पछिल्लो मतपरिणामअनुसार शिवचन्द्रभन्दा उपेन्द्र ८९ मत अगाडि छन्। जनमतका शिवचन्द्रले १ हजार ३ सय १ मत ल्याउँदा उपेन्द्रले १ हजार ३ सय ९० मत ल्याएर अग्रता बनाएका छन्। 

यहाँ एमालेका पुरुषोत्तम पौडेलले ६ सय २९ ल्याएका छन् भने रास्वपाका रमेश खरेलले २ सय ५९ मत पाएका छन्। 

अहिले करैयामाई गाउँपालिकाको १,२,३ नम्बर वडा र सुर्वण गाउँपालिकाका ७ र ८ नम्बर वडा गणना गरिएको छ। 
 

वैशाख ११, २०८० सोमबार १८:२३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।