बारा २ मा उल्टियो अवस्था, उपेन्द्रलाई पछि पार्दै जनमतका शिवचन्द्रले लिए अग्रता

बारा २ मा उल्टियो अवस्था, उपेन्द्रलाई पछि पार्दै जनमतका शिवचन्द्रले लिए अग्रता
फाइल तस्बिर

बारा क्षेत्र नम्बर २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र यादवले अग्रता बनाएका छन्। 

मतगणनाको सुरुवाती अवस्थानमा अग्रता बनाए पनि उपेन्द्र अहिले भने दोस्रो स्थानमा झरेका छन्। उनको र शिवचन्द्रको मतान्तर १०० भन्दा बढी छ। 

मतगणनाको पछिल्लो अवस्थामा शिवचन्द्रले ८९५ मत पाउँदा उपेन्द्रले भने ७८७ मत पाएका छन्। यहाँ एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत ल्याएर उपेन्द्रलाई पछ्याइरहेका छन्। 

बारा-२ मा ६५ प्रतिशत मत खसेको थियो । जुन ६८ हजार ८ सय ८६ मत हो। 

वैशाख ११, २०८० सोमबार १५:५७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।