स्वर्णिम वाग्लेलाई गणना भएको ५१ प्रतिशत मत

तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।
३१ हजार २ सय १९ मत गणना हुँदा उनले १५ हजार ९ सय ५८ मत पाएका छन्। जुन कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको भन्दा ६ हजार ८ सय ३८ मतले बढी हो।
भट्टराईले ९ हजार १ सय २० मत पाएका छन् भने एमालेका सर्वेन्द्र खनाललले ५ हजार १ सय ६६ मत पाएका छन्।
यहाँ ६३ हजार ७ सय ५७ मत खसेको थियो।
वैशाख ११, २०८० सोमबार १५:३८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।