बारामा उपेन्द्र यादवको अग्रता, रास्वपाका रमेश खरेल चौथो

बारा क्षेत्र नम्बर १ को मतगणना केहीबेर अघि सुरु भएको छ।
मतगणनाको प्रारम्भिक नतिजाले यहाँ सत्ता गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बनाएका छन्।
करैयामाई गाउँपालिका वडा न १ हरैया हेल्थपोष्टमा मतदान केन्द्रको मतगणना चलिरहेको छ। जहाँ ६७० मत गणना हुँदा यादवले २२४ मत पाएका छन्।
त्यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत पाएका छन् भने नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल १७७ मत ल्याएका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत ल्याएका छन्। यस मतदान केन्द्रमा ९५२ मतदाता थिए।
वैशाख ११, २०८० सोमबार १४:३४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।