घट्यो सुनचाँदीकाे मूल्य

घट्यो सुनचाँदीकाे मूल्य

काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

यसअघि आइतबार तोलामा ९०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ कायम गरिएको छ। 

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

वैशाख ११, २०८० सोमबार १३:५९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।