बारामा थालियो मतगणना

बारामा थालियो मतगणना

बारा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। 

शैक्षिक तालिक केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो । मतगणना करैयामाई नगरपालिका-१ बाट सुरु गरिएको छ ।

अब निरन्तर रूपमा मतगणना गरिने बारा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

बारामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन् भने सत्ता गठबन्धनले यहाँ जसपा अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको थियो। त्यस्तै एमालेले भने पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको थियो। 

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो। 

वैशाख ११, २०८० सोमबार १२:५८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।