तनहुँ–१ मा गनियो १३ हजार ७५९ मत, कसले कति पाए?

तनहुँ–१ मा गनियो १३ हजार ७५९ मत, कसले कति पाए?

काठमाडौं : तनहुँ–१ मा १३ हजार ७५९ मतको मतगणना भएको छ।

आइतबार मध्यरातदेखि सुरु भएको मत गणनाको क्रममा सोमबार विहान पौने ९ बजेसम्म १३ हजार ७५९ मतगणना भएको हो।

यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार ६२५ मत पाएर शीर्ष स्थानमा छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४७१ मत ल्याए। वाग्ले र भट्टराईबीच ४ हजार १५४ मतको फरक छ।

त्यसैगरी एमालेका सर्वेन्द्र खनाल उपनिर्वाचनको यो दौडमा तेस्रो स्थानमा छन्। उनले २ हजार २१९ मत ल्याएका छन्।

मतगणना अहिले पनि जारी छ।

वैशाख ११, २०८० सोमबार ०८:५२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।