मुलपानीमा पानी पर्न थाल्यो, छोपियो मैदान

मुलपानीमा पानी पर्न थाल्यो, छोपियो मैदान

काठमाडौं : एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर लिग अन्तरगत समूह ‘ए’ अन्तर्गत नेपाल र साउदी अरेबियाको खेल हुने मुलपानी मैदानमा पानी पर्न थालेको छ।

९ बजेबाट खेल सुरु हुने भनिए पनि पानी पर्न थालेपछि खेल अनिश्चित भएको हो। पानी पर्न थालेसँगै टससमेत हुन सकेको छैन। मुलपानीमा हल्का वर्षा भइरहेको छ।

रातिदेखि परेको पानीका कारण आउटफिल्ड भिजेको थियो। यद्यपि त्यसलाई सुपर सपरको सुकाइएको छ। तर पुनः पानी पर्न थालेपछि मैदान त्रिपालले छोपिएको छ।

दुई खेलमा जित निकालेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहँदा साउदी एकमा जितसहित दुई अंकसहित चौथो स्थानमा छ।

आजको खेल नभएमा दुवै टोली अंका बाँड्न बाध्य हुनेछन्।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो पानी पर्ने उच्च सम्भावना रहेको जनाएको छ। काठमाडौंमा दिउँसो र अपरान्ह पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले उकेरालाई बताए।

‘काठमाडौंमा पानी पर्ने सम्भावना छ, अहिले पनि केही स्थानमा हल्का परिरहेको छ,’ उनले भने, ‘केही स्थानमा रोकिएको जस्तो भए पनि दिउँसो तथा अपरान्हतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।’

वैशाख ११, २०८० सोमबार ०८:२८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।