दिउँसो तथा अपरान्हतिर काठमाडौंमा वर्षा हुने

दिउँसो तथा अपरान्हतिर काठमाडौंमा वर्षा हुने

काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावको कारण अहिले देशका ६ प्रदेशमा हल्का वर्षा भइरहेको छ।

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो तथा अपरान्ह काठमाडौंसहित देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्दकुमार झाले उकेरालाई जानकारी दिए।

‘काठमाडौंमा पानी पर्ने सम्भावना छ, अहिले पनि केही स्थानमा हल्का परिरहेको छ,’ उनले भने, ‘केही स्थानमा रोकिएको जस्तो भए पनि दिउँसो तथा अपरान्हतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।’

तराईका थोरै स्थानहरूमा हावा–हुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

वैशाख ११, २०८० सोमबार ०७:२०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।