तनहुँमा मत गन्न थालियो

काठमाडौँ : बारा र चितवनको गणना रोकिए पनि तनहुँ क्षेत्र नम्बर १ को मतगणना आइतबार मध्यरात सुरु भएको छ।
भानु नगरपालिकाको वडा नम्बर १० बाट मतगणना सुरु भएको हो।
जनजागृति मावि क र क तथा सरस्वती आधारभूत विद्यालय र चोक मावि क र ख मतदान केन्द्रका बाकस खोलेर गणना सुरु भइसकेको छ।
सर्वदलीय बैठकमा राति पौने १२ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको थियो।
तनहुँमा काँग्रेसका गोविन्द भट्टराई,एमालेका सर्बेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच प्रतिस्पर्धा छ। बारा र चितवनमा भने सोमबारबाट मात्र गणना हुनेछ।
वैशाख ११, २०८० सोमबार ००:५६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।