टस जितेर बलिङ रोज्दा हार्‍यो राजस्थान, विराटको शून्य रन

टस जितेर बलिङ रोज्दा हार्‍यो राजस्थान, विराटको शून्य रन

एजेन्सी : टस जितेर पनि बलिङ रोज्ने राजस्थान रोयल्सको निर्णय गलत साबित गर्दै आरसिबीले अर्को एक खेल जित्यो।

चिन्नास्वामी स्टेडियममा आइपिएल अन्तर्गत आइतबार भएको खेलमा रोयल च्यालेन्जर्श बैङलोरले सात रनले खेलको नतिजा आफ्नो पक्षमा पार्यो।

आरसिबीले २० ओवरमा नौ विकेट गुमाएर १८९ रन बनायो। फाफ डु प्लेसी ग्लेन मैक्सवेलले गजब खेले। प्लेसीले ६२ अनि ग्लेनले ७७ रन बनाए।

जवाफमा राजस्थानको यशस्वी जयसवालले ४७, देवदत्त पडिक्कलले ५२ र ध्रुव जुरेलले ३४ रन बनाए। सन्जु सैमसनले २२ रन बनाए।

यो खेलको आकर्षक विराट कोहली र जाँस बटलर एक रन नबनाई आउट भए।
राजस्थानको हारमा सन्जु सैमसनको निर्णयलाई समेत कारक मानियो।

पहिलो त टस जितेर पनि ब्याटिङ नलिनु। अनि अर्को जेसन होल्डरलाई अन्तिमसम्म ब्याटिङ नदिनु।

वैशाख ११, २०८० सोमबार ००:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।