टोटनहामको पोस्टमा न्युक्यासलको आधा दर्जन गोल, उछिन्यो म्यानचेस्टर युनाइटेडलाई

इंग्लिस प्रिमियर लिगमा टोटनहामले नमिठो पराजय बेहोरेको छ।
आइतबार भएको खेलमा टोटनहामविरुद्ध न्यु क्यासल आधा दर्जन गोल गर्न सफल भयो।
खेल सुर भएको दोस्रो मिनेटमै गोल गरेको न्युक्यासलले ६, ९, १९, २१ र ६७ मिनेटमा गोल गर्यो भने टोटनहामका लागि भने ह्यारी केनले ४९ मिनेटमा एक मात्र सान्त्वना गोल गरे।
जितसँगै न्युक्यासल तेस्रो स्थानमा उक्लिएको छ। समान अंक भए पनि उसले गोलअन्तरका आधारमा म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ।
न्यु क्यासलले ३१ खेलबाट ५९ अंक जोड्न सफल भएको छ। पराजित टोटनहाम भने ५३ अंकसहित पाँचौँ स्थानमा छ।
वैशाख १०, २०८० आइतबार २२:४१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।