एट्लेटिको मड्रिडविरुद्ध बार्सिलोना विजयी

फरान टोरेसले ४४ औं मिनेटमा गरेको एक मात्र गोलको मद्दतमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हराएको छ।
स्पेनिस ला लिगामा आइतबार राति सकिएको खेलपछि बार्सिलोनाले ३० खेलबाट ७५ अंक जोड्दै शीर्ष स्थानमा बलियो पकड जमाएको छ।
बार्सिलोनाको मैदान क्याम्प नाउमा हारेको एट्लेटिकोको ३० खेलमा ६० अंक छ। जुन दोस्रो स्थानको रियल मड्रिडको भन्दा ५ अंक कम हो।
वैशाख १०, २०८० आइतबार २२:२१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।