चेन्नेईले बनायो सिजनकै सबैभन्दा ठूलो स्कोर

काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई २३६ रनको लक्ष्य दिएको छ।
कोलकाताको इडेन गार्डेन मैदानमा चेन्नईले सिजनकै सबैभन्दा ठूलो स्कोर बनाएको हो। टोलीले अजिंक्य रहाणे, डेभोन कोनवे र शिवम दुबेको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा २३५ रन बनाएको छ।
चेन्नईअघि सनराइजर्स हैदरावादले १४ अप्रिलमा कोलकाताविरुद्ध २२८ रन बनाएको थियो।
आज कोलकाताका कुलवन्त खेजरोलियाले सर्वाधिक २ विकेट लिए ।
चेन्नईका ओपनर डेभन कोनवेले ३४ बलमा अर्धशतक पूरा गरे।
यो प्रतियोगितामा उनको लगातार चौथो र आईपीएल करियरको सातौं अर्धशतक हो। उनी ४० बलमा ५६ रन बनाएर वरुण चक्रवर्तीको शिकार बने ।
कोनवेले कोलकाताअघि सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सविरुद्ध पनि अर्धशतक बनाएका थिए।
वैशाख १०, २०८० आइतबार २१:४३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।