मेयर कप भलिबल प्रतियोगितामा एपीएफ र आर्मीको विजयी सुरुआत

ललितपुर : मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन्।
ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आइतबार एपीएफले आयोजक ललितपुर महानगरपालिकालाई ३-० को सेटमा हराएर सुखद सुरुआत गरेको हो।
एपीएफले ललितपुरमाथि २५-६,२५-७ र २५-१४ को सेटमा जित निकालेको हो। यस्तै आर्मीले कोटेश्वर मल्टिपल क्याम्पसलाई ३-० को सेटमा हरायो। आर्मीले कोटेश्वरमाथि २५-६,२५-४ र २५-५ को सेटमा जित निकाल्यो।
पुरुषतर्फ ललितपुर महानगरपालिका सिटी र नेपाल गणतान्त्रिक खेलकुदले जित निकालेका छन्। ललितपुरले बोगटी समाज ललितपुरलाई २५-२०,२५-१८ र २५-१९ ले हराएको हो।
नेपाल गणतान्त्रिकले पाटन मल्टिपल क्याम्पसलाई २५-१२, २५-२० र २५-१५ ले हराएको छ। ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापन रहेको प्रतियोगितामा पुरुष तर्फ ८ टिम रमहिला तर्फ ७ टिम सहभागी छन्।
प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
वैशाख १०, २०८० आइतबार २०:३२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।