मौलाकाली केबलकार वैशाख १८ बाट सञ्चालनमा आउने, लगानी एक अर्ब

मौलाकाली केबलकार वैशाख १८ बाट सञ्चालनमा आउने, लगानी एक अर्ब

काठमाडौँ : मौलाकाली केबलकार वैशाख १८ बाट सञ्चालनमा आउने भएको छ। मौलाकाली केबलकार प्रालिले निर्माण गरेको केबलकार वैशाख १८ बाट सञ्चालनमा आउने भएको हो।

नवलपुरको गैँडाकोटमा रहेको केबलकारको वैशाख १ देखि परीक्षण भइरहेको छ। वैशाख १८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन्।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु भएको हो। गैँडाकोटबाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवल कारमा १२ वटा गोन्डोला रहेका छन्। केबलकारको बटम स्टेसनबाट टप स्टेसनमा पुग्न करिब ५ मिनेट लाग्छ।

केबलकारको माथिल्लो स्टेसनमा सुविधा सम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेस्टुरेन्ट समेत सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ। केबलकार सञ्चालन भए पनि होटल सञ्चालनकालागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ।

उक्त परियोजनामा दुई अर्ब रूपैयाँ भन्दा बढी लगानी भएको छ। केबलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ।

सोही समूहको मुख्य लगानीमा लुम्बिनी केबलकार प्रा.लीद्वारा प्रवर्द्धित अर्को केबलकार परियोजना रुपन्देहीको बुटवल बजारदेखि पाल्पाको वसन्तपुरमा निर्माणाधीन रहेको छ। उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

वैशाख १०, २०८० आइतबार १९:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।