बारा-२ को मतदानस्थल सुनसान, ४५ प्रतिशत मात्र मत खस्यो

बारा-२ को मतदानस्थल सुनसान,  ४५ प्रतिशत मात्र मत खस्यो

बारा : उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा दिउँसो सवा ३ बजेसम्म ४५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार पचरौताको बेलडाडी र देवतालको झिटकैयामा जनमत पार्टीका अध्यक्ष सीके राउतले बुथ कब्जा गरेको आरोप लगाए पनि त्यस्तो देखिएको छैन। 

अतिसंवेदनशील स्थानमा रहेको मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चर्को घाम र गर्मीबीच मतदाताहरू भोट हाल्न बसे पनि उनीहरूमा उत्साह देखिएको छैन। साँझ ५ बजेसम्म मतदान गर्ने समय भए पनि डेढ घण्टा बाँकी रहँदा जम्मा ४५ प्रतिशत मत खसेको छ। 

यहाँ सत्ता गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ भने नागरिक उन्मुक्ति पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार छन्। त्यस्तै रास्वापाले रमेश खरेललाई उम्मेदवार बनाएको छ। एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ। 

वैशाख १०, २०८० आइतबार १५:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।