जिपलक प्याकमा मंगलदीप चम्पा अगरबत्ती सार्वजनिक
काठमाडौँ : सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती सार्वजनिक गरेको छ। मंगलदीप चम्पा अगरबत्तीको नयाँ संस्करणमा धूपको धेरै काँटी सहितको जिपलक प्याकमा आएको कम्पनीले जानकारी दिएको छ।
जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरू रहेको र मूल्य एक सय प्रतिप्याक कायम गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जिपलकमा उपलब्ध भएको मंगलदीप चम्पाको प्याकका काँटीको सुगन्ध बढी समयसम्म कायम रहने कम्पनीको दाबी छ।
१६५ वटा सुगन्धित एवं गुणस्तरीय काँटी भएकोले चम्पा जिपलक लामो समयसम्म चल्ने कम्पनीले जानकारी दिएको छ। हरेक प्रयोगपछि जिपलक बन्द गरी सुरक्षित तवरले राख्दा सहज भण्डारीकरणको साथै गुणस्तरीयतामा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ।
मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायतका विभिन्न ब्रान्डहरू छन्।
वैशाख १०, २०८० आइतबार १४:५५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।