गाइसँग मोटरसाइकल ठोक्किँदा घाइते ट्राफिक प्रहरीको मृत्यु

धनगढी : गाइसँग मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका ट्राफिक प्रहरी सहायक हबल्दार जनक धामीको मृत्यु भएको छ। उनी बिहीबार साँझ धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा घाइते भएका थिए।
उनी आफैँले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए। घाइते भएका उनको मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
उपचारकोक्रममा धामीको शनिवार राति मृत्यु भएको हो।
वैशाख १०, २०८० आइतबार १४:३४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।