प्रचण्डको निर्देशन : नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने व्यवस्था छिट्टै गर्नु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन्।
नेपालमा बनेका सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै उनले आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नागरिकको गुनासो सम्बोधन हुने गरी यससम्बन्धि कानुन तयारी गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको बताए।
दाहालको निर्देशन लगत्तै मुख्यसचिव बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारीसाधनको दर्ता एवं प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाइ पेस गर्न निर्देशन समेत दिएका छन्।
वैशाख १०, २०८० आइतबार १३:५८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।