कीर्तिपुरमा यूएईका वृत्य र वासिम दुवैको शतक, छक्काको वर्षा

कीर्तिपुरमा यूएईका वृत्य र वासिम दुवैको शतक, छक्काको वर्षा

काठमाडौं : यूएईका कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्धको खेलमा विष्फोटक ब्याटिङ गर्दै सानदार शतक प्रहार गरेका छन्।

टियु क्रिकेट मैदानमा दुई खेलाडीको शतकको मद्दतले यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै ४७१ रन बनायो।

जसका लागि वृत्य अरविन्दले १३३ बलमा १७ चौका र ७ छक्कासहित १७४ रनको विशाल शतकीय इनिङ खेले।

कप्तान मोहम्मद वासिमले भने ८२ बलमा ९ चौका र १६ छक्कासहित १६० रन जोडेका थिए।

दोस्रो विकेटका लागि यी दुईले २४६ रनको साझेदारी गरेका थिए।

वैशाख १०, २०८० आइतबार १३:३०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।