मधेशका मुख्यमन्त्रीसँग माग्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौं : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो।
यादव मतदान भइरहेका बेला सरकारी गाडी र सुरक्षाकर्मी लिएर बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा गएका थिए ।
‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो?’ भनी स्पष्टीकरण सोधिएको हो।
आयोगले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ।
वैशाख १०, २०८० आइतबार १३:०७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।