आज पहाडी भू-भागमा क्षणिक वर्षाको सम्भावना

काठमाडौं : आज (आइतबार) देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना समेत छ।
आज राति भने देशका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
वैशाख १०, २०८० आइतबार १०:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।