तनहुँ-१ मा दुई जना उम्मेदवारले मात्रै मतदान गर्न पाउने

तनहुँ : प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ मा दुई उम्मेदवारले मात्रै मतदान गर्न पाउने भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्ने छन्। अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेकोले मतदान गर्न नपाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउनुहुने छैनन्।
वैशाख १०, २०८० आइतबार १०:४०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।