आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै

आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै

काठमाडौं : आज सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ। 

भगवान शिव र देवी पार्वतीको विवाह भएको दिनको रुपमा वैशाख शुक्ल तृतीयाका दिनलाई हिन्दु धर्मावलम्बीले अक्षय तृतीयाको रुपमा मनाउने गरेका छन्।

विशेषगरी यस दिनमा गर्मीयाममा शीतलताको लागि सातु र सर्वत खाएर मनाउने गरिन्छ।

गर्मीमा पसिना धेरै आएर शरीर कमजोर हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलनमा राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्वत र पौष्टिक आहारको रुपमा जौ तथा चनाको सातु खाने चलन छ।

वैशाख १०, २०८० आइतबार १०:२९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।