नेपालमा लुकेर बसेको शंका गरिएका खालिस्तानी नेता अमृतपाल भारतमै समातिए

काठमाडौं : शिखहरूका लागि पञ्जाबमा भिन्दै देश ‘खालिस्तान’ बनाउने अभियान चलाइरहेका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार खालिस्तानी पृथकतावादी नेता अमृतपाललाई मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ गरिएको हो।
यसअघि अमृतपाल नेपालमा लुकेर बसेको हुनसक्ने नेपालस्थित भारतीय दूतावासले शंका गरेको थियो भने नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो।
उनी नेपालमा बसेको हुन सक्ने भन्दै भारतीय दूतावासले नेपाल सरकारसँग उनलाई विदेश जाने अनुमति नदिन आग्रह समेत गरेको थियो।
‘वारिस पन्जाब दे’ संगठनको नामबाट उनले शिख समुदायका लागि छुट्टै राज्यको माग गर्दै आएका थिए।
वैशाख १०, २०८० आइतबार ०९:३९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।