उपनिर्वाचनमा भोट हाल्न पाउँदैनन् रवि

उपनिर्वाचनमा भोट हाल्न पाउँदैनन् रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले उपनिर्वाचनमा आफैं उठेको चितवन क्षेत्र नम्बर २ बाट मतदान गर्न पाउने छैनन्।

रविको मतदाता नामावली काठमाडौंमा रहेकाले उनले त्यहाँबाट भोट हाल्न नपाउने भएका हुन्।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका रविको सांसद पद नागरिकता विवादका कारण सर्वोच्च अदालतको आदेश अनुसार गुमेको थियो।

त्यसैगरी एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले पनि उपनिर्वाचनमा भोट हाल्न पाउने छैनन्।

चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन्।

वैशाख १०, २०८० आइतबार ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।