म्यानचेस्टर सिटी एफए कपको फाइनलमा, महारेजले गरे ह्याट्रिक

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा, महारेजले गरे ह्याट्रिक

एजेन्सी : महारेजले ह्याट्रिक गरेपछि  सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ।

गए राति भएको सेमिफाइनलमा दोस्रो डिभिजन क्लब सेफिल्डविरुद्ध ४३ औं मिनेटमा महारेजले पेनाल्टीमार्फत सिटीको खाता खोलेका थिए।

यसपछि ६१ औं मिनेटमा र ६६ औं मिनेटमा गोल गर्दै महारेजले ह्याट्रिक पूरा गरे भने सिटीले एफए कपको अन्तिम दुईमा स्थान बनायो।

अब सिटीले उपाधिका लागि म्यानचेस्टर युनाइटेड र ब्राइटनबीचको विजेतासँग भिडन्त गर्नेछ।

वैशाख १०, २०८० आइतबार ०८:२१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।