दिउँसो गर्मी हुने भएकाले बिहानैदेखि मतदाता लाइनमा

चितवन : चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि उपनिर्वाचनका लागि मतदान सुरु भएको छ।
यस क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी राम्रो भएकाले मतदान समयमा ने सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदानका लागि बिहानैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए। दिउँसो गर्मी हुने भएका कारण बिहानैदेखि मतदाता लाइनमा बसेका हुन्।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदैछ। यहाँ एक लाख २४ हजार ६ सय ९५ जना मतदता रहेका छन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने लगायतका उम्मेदवार रहेका छन्।
वैशाख १०, २०८० आइतबार ०८:१०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।