घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई चिडियाखाना लगिने

महेन्द्रनगर : घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई ललितपुरस्थित चिडियाखानामा लगिने भएको छ।
बाघले शुक्रबार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो। यसपछि शनिबार कञ्चनपुरमा उक्त बाघलाई नियन्त्रणमा लिइएको थियो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको हो।
चन्दसँगै घाँस काट्न गएका अन्य चार/पाँच महिलाले भने भागेर ज्यान जोगाएका थिए। बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा. दिनेश देवकोटा नेतृत्वको टोलीले शनिबार बिहान बाघ नियन्त्रणमा लिएको थियो।
वैशाख १०, २०८० आइतबार ०७:४३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।