ईदको बिदा शनिबारै

ईदको बिदा शनिबारै

काठमाडौं : ईदको बिदा शनिबार नै परेको छ।

शनिबार साँझ एक विज्ञप्ति निकालेर गृह मन्त्रालयले शुक्रबार चन्द्रमा देखिएकाले शनिबारकै दिन ईद–उल–फित्र (ईद) परेको जनाएको हो।

त्यसअघि मुस्लिम आयोगले पठाएको पत्रमा ८ गते शुक्रबार चन्द्रमा देखिएमा ९ गते र चन्द्रमा नदेखिए रमजानको ३०औं दिन स्वतः सम्पन्न हुने भएकाले सोही बमोजिम सार्वजनिक बिदाको लागि घोषणा गर्न अनुरोध गरिएको थियो।

सोहीअनुसार ८ गते नै चन्द्रमा देखिएकाले शनिबार नै सार्वजनिक बिदा परेको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

वैशाख ९, २०८० शनिबार २२:०३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।