आईपीएल : पञ्जाबले मुम्बईलाई दियो २१५ रनको लक्ष्य, अन्तिम ५ ओभरमा ९६ रन

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनको शनिबारको दोस्रो खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई २१५ रनको लक्ष्य दिएको छ।
मुम्ब्ईको वाङ्खडे स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएका पञ्जाबले निर्धारित ओभरमा ८ विकेट गुमाएर २१४ रन बनायो।
पञ्जाबका लागि आजको खेलका लागि कप्तानी सम्हालेका साम करणले २९ बलमा ५५ रन बनाए। हरप्रित सिंहले ४१ रन बनाउँदा अर्थव तैडेले २९, प्रभ सिभरनले २६ रन बनाए।
यस्तै जितेश शर्माले ७ बलमा २५ रनको गजबको पारी खेले।
पञ्जाबले अन्तिमको ५ ओभरमा ९६ रन ल्यायो। उसले १६औं ओभरमा ३१, १७औं ओभरमा १३, १८औं ओभरमा २५, १९औं ओभरमा १० र २०औं ओभरमा १७ रन बनायो।
यद्यपि यहि चार पाँच ओभरमा मुम्बईले चार विकेटसमेत चट्कायो। बलिङतर्फ पियुस चावला र क्यामेरोन ग्रिनले समान दुई–दुई विकेट लिए।
वैशाख ९, २०८० शनिबार २१:४६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।