एसीसी प्रिमियर कप : अब नेपाल बाहेकका खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइने

एसीसी प्रिमियर कप : अब नेपाल बाहेकका खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइने

काठमाडौं : काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपाल बाहेकका खेलहरूमा दर्शकलाई निःशुल्क प्रवेश दिइने भएको छ।

शनिबार एसियन क्रिकेट काउन्सिल (एसीसी)को फेसबुकमार्फत यसको जानकारी दिइएको हो।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल हेर्नका लागि दर्शकले २ सय रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो। तर मुलपानी मैदानमा भने निःशुल्क खेल हेर्न पाइने व्यवस्था छ।

दर्शकका उपस्थिति शून्य भएपछि एसीसीले नेपाल क्रिकेट संघ क्यानलाई यस्तो अनुरोध गरेको हो।

अहिले त्रिवि मैदानमा दर्शकहरू अन्य देशको खेल हेर्न आए पनि टिकट काटेर भित्र गएर हेर्दैनन्। मैदान बाहिरैबाट हेर्ने गर्छन्।

वैशाख ९, २०८० शनिबार २०:२६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।