एमालेमै फर्किए मुकुन्द, ओलीले गरे स्वागत

काठमाडौं : एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपाने एमाले प्रवेश गरेका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रम उनी एमालेमै फर्किएका हुन्।
उनले गत साता आफू एकीकृत समाजवादीबाट अलग भएर एमालेमै फर्किने घोषणा गरेको थिए। उनीसहित नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन्।
नेता न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरुले स्वागत गरेका थिए।
वैशाख ९, २०८० शनिबार १६:४७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।